8 years ago
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको ।
खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले ५८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । विमल घर्तीमगरले पेनाल्टीको केही बाहिरबाट पेनाल्टी बक्समा खसालेको बललाई विक्रम लामाले पोष्टको दिने प्रयास गरेका थिए । विक्रमको प्रहारलाई विपक्षी गोलकिपरले रोकेपछि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि नजिक रहेको नवयुगले सजिलै गोल गरे ।
नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा कलरबाथले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधक सहयोगमा च्यारेटी खेल आयोजना गरेको थियो । एएफसी सोलिडारिटी कप जितेर फर्केको तीन दिनपछिको मैदानपूर्ण खेलमा उत्रेको नेपाली टोलीलाई एन्फाले आजबाट विश्राम दिनेछ । टोलीका खेलाडी अब घरेलु फुटबलमा क्रियासिल हुनेछन् । त्यसमा कति खेलाडी झापाको सुरुगां गोल्डकप खेल्न जाने बताइएको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]