3 years ago
December 3, 2021
एजेन्सी – नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । रोहितको गोलमा पर्सिजाले घरेलु मैदानमा पर्सिकावो १९७३ लाई १–० ले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुवातमै रोहितले गोल गरेका थिए । उनले ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले खिएको ब्याक पासलाई रोहितले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । त्यही गोल नै पर्सिजाको जितमा निर्णायक बन्यो । रोहितले पर्सिकावोविरुद्ध पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
सेन्ट्रल मिडफिल्डर रोहितले यो सिजन पर्सिजाका लागि १२ खेल खेल्दा २ गोल गरेका छन् । यो जितसँगै पर्सिजा १५ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहेको छ । पर्सिजा शीर्षस्थानको भयाङकारा एफसीसँग १२ अंकले पछि छ । पराजित पर्सिकावो १५ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]