default_image

3 years ago

December 3, 2021

थ्री स्टारविरुद्ध फ्रेन्ड्सको अग्रता

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो राउन्डको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लबविरुद्ध फ्रेन्ड्स क्लबले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको दोस्रो हाफको शुरुमै गोल गर्दै फ्रेन्ड्सले थ्री स्टारविरुद्ध अग्रता लिन सफल भएको हो ।

खेलको चौथो मिनेटमा प्रिजेन तामाङको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा निशान खड्काको फ्रिकिकलाई फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले सहजै बचाए । २५औं मिनेटमा सन्जोक राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

५०औं मिनेटमा सन्जोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । लगत्तै ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान प्रकाश बुढाथोकीको त्रसलाई सदुपयोग गरेका थिए ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.