default_image

3 years ago

December 3, 2021

लाजियो र उडिनेसको रोमाञ्चक बराबरी

153 views

0 Bookmark

एजेन्सी – गोल र कार्डको वर्षा भएको खेलमा लाजियो र उडिनेसले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक बराबरी खेलेका छन् । १० खेलाडीमा समेटिएको लाजियो र ९ खेलाडीमा समेटिएको उडिनेसले ४–४ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली लाजियोले दुई गोलले पछि परेको खेललाई बराबरीमा रोक्न सफल भएको हो । लाजियोका सिरो इम्मोविले, पेड्रो रोड्रिग्वेज, सेर्गेज मिलिन्कोभिक साभिक र फ्रान्सिस्को एसरविले गोल गरे । उडिनेसका बेटोले दुई तथा नाहुइल मोलिना र टोलगे अर्सलानले समान एक गोल गरे ।

रोमामा बिहीबार राति भएको खेलको १७औं मिनेटमा बेटोको गोलबाट घरेलु टोली पछि परेको थियो । ३२औं मिनेटमा बेटोले गोल गर्दै उडिनेसको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा सिरो इम्मोविलेले गोल गर्दै लाजियोलाई खेलमा फर्कने संकेत दिए । ४४औं मिनेटमा नाहुइल मोलिनाले गोल गरेपछि पहिलो हाफमा उडिनेस ३–१ ले अघि बढ्यो ।

५१औं मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ५६औं मिनेटमा सेर्गेजले गोल गर्दै खेललाई ३– ३ गोलको बराबरीमा ल्याए । ५७औं मिनेटमा प्याट्रिक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ६९औं मिनेटमा नाहुइल मोलिना दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उडिनेस पनि १० खेलाडीमा समेटिन पुग्यो ।

७९औं मिनेटमा फ्रान्सिस्को एसरविले गोल गर्दै लाजियोलाई पहिलोपटक खेलमा अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा अर्सलानले गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा वालेस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उडिनेस ९ खेलाडीमा समेटिन पुग्यो ।

तनावपुर्ण बनेको खेलमा रेफ्री मार्काे पिसिनिनीले ८ पहेँलो कार्ड र ३ रातो कार्ड देखाएको थियो । यो बराबरीसँगै लाजियो १५ खेलबाट २२ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ । उडिनेस १६ अंक जोडेर १४औं स्थानमा छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.