default_image

3 years ago

December 2, 2021

चिलीलाई हराउँदै ब्राजिल च्याम्पियन

125 views

0 Bookmark

एजेन्सी – आयोजक ब्राजिलले चार देशीय महिला फुटबल सिरिजको उपाधि जितेको छ । साविक विजेता चिलीलाई २–० ले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो ।

ब्राजिलको जितमा केरोलिन र जियोले गोल गरिन् । खेलको ५०औं मिनेटमा केरोलिनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाइन् । ८४औं मिनेटमा जियोले गोल गर्दै ब्राजिललाई जितसहित उपाधि दिलाइन् । ब्राजिलकी केरोलिन चार गोलसहित सर्वाधिक गोलकर्ता बनिन् ।

ब्राजिलले आफ्नो सबै तीन खेलमा जित हात पार्दै ९ अंक जोड्यो । चिली दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । भेनेजुएला ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा भारत अंकविहीन हुदै पुछारमा रह्यो ।

२५ नोभेम्वरदेखि १ डिसेम्वरसम्म ब्राजिलमा भएको चार देशीय अन्तर्राष्ट्रिय सिरिजमा दुई महादेशबाट आयोजक ब्राजिलसहित चिली, भेनेजुएला र भारत गरी चार राष्ट्रको सहभागिता रहेको थियो । १०औं संस्करण सम्पन्न हुदा ब्राजिल आठौंपटक च्याम्पियन बनेको हो । दोस्रो संस्करणमा क्यानडा र नवौं संस्करणमा चिली च्याम्पियन बनेको थियो ।

भारतले एएफसी वुमन्स एसिया कप २०२२ को तयारीका लागि यो चार देशीय सिरिजमा सहभागिता जनाएको थियो । भारतले तीन खेल खेल्दा जित हात पार्न नसकेपनि सिरिजमा ब्राजिल र भेनेजुएलाविरुद्ध गोल गर्न सफल भयो । भारतले सिरिजमा ११ गोल बेहोर्दा दुई गोल गर्न सफल भयो ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.