3 years ago
December 1, 2021
एजेन्सी – बालोन डी ओर सातौं पटक जितेका पेरिस सेन्ट जर्मेन (पिएसजी) का लिओनल मेस्सी बिरामी परेका छन् । जसका कारण लिग वानमा निसविरुद्ध हुने लिग वानको खेल मेस्सीले गुमाउने सम्भावना देखिएको छ ।
अर्जेन्टिनी सुपर स्टार फुटबल इतिहासमा सर्वाधिक ७ पटक बालोन डी ओर जित्ने एक्लो खेलाडी हुन् । उनी भन्दा पछाडि म्यानचेष्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोले ५ पटक जितेका छन् । सोमबार बालोन डी ओरको समारोहपछि मेस्सीले पेटको दुखाई महसुस गरेको बताइएको छ ।
मेस्सीकै उच्च प्रदर्शनबाट पेरिस पिएसजीले पछिल्लो खेलमा ३–१ पूनरागमन जित हासिल गरेको थियो । तीनै गोलमा मेस्सीले एसिस्ट गरेका थिए । यसपटक मेस्सीले जितेको बालोन डी ओर विवादरहित भने रहेन । धेरैको नजरमा रोर्बेट लेवान्डोवस्कीले अवार्ड जित्नुपर्ने तर्क गरेका थिए । कोरोनाका कारण गत वर्ष रद्द गरिएको अवार्ड पनि लेवान्डोवस्कीले जित्नुपर्ने धेरैको तर्क थियो ।
‘मेस्सी र लिआन्द्रो पारेडेसले ग्यास्ट्रिकका कारण मंगलबार प्रशिक्षणमा सहभागी भएनन्’, पिएसजीले जारी मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘थप जाँच बुधबार हुनेछ ।’ शनिबार लेन्सविरुद्ध हुने खेलमा भने मेस्सी उपलब्ध हुने अनुमान गरिएको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]