3 years ago
November 30, 2021
एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेयमार कम्तीमा आठ साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण नेयमार लामो समय मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ ।
नेयमारले लिग वान अन्तरगत सेन्ट इटिएनमाथि ३–१ को पूनरागमन जित निकालेको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । उनलाई असहज भएपछि स्ट्रेचरबाट मैदान बाहिर निकालिएको थियो । नेयमारले चोट नेयमारलाई चोट लाग्नुअघि पिएसजीले खेलमा २–१ को अग्रता लिएको थियो ।
अब २९ वर्षीय नेयमार जनवरी २०२२ सम्म मैदान बाहिर रहनेछन् । यसको अर्थ उनले अब २०२१ का सम्पुर्ण खेलहरु गुमाउनेछन् । नेयमारले यो सिजन पिएसजीका लागि १४ खेल खेल्दा ३ गोल गरेका छन् ।
पिएसजीले क्लबको आधिकारिक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ नेयमारको बाँया खुट्टामा स्प्रेन भएको र लिगामेन्टमा चोट लागेको पुष्टि गरेको छ । यो परिक्षणमा उनी ६ देखि ८ साता मैदान बाहिर हुनेछन् । यो ७२ घन्टापछि अझ विस्तृतमा आउनेछ ।’ नेयमारले सामाजिक सन्जालमा चोट एथलिटको जीवनको एक हिस्सा रहेको र आफु अझै बलियो भएर फर्कने लेखेका छन् ।
पिएसजी जनवरी १६ मा कतारको भ्रमणमा निस्कदैछ । सोही भमणमा नेयमारपनि जोडिन सक्ने सम्भावना रहेको छ । यो अवधिमा उनले च्याम्पियन्स लिगका समूह चरणको क्लब ब्रुगविरुद्धको अन्तिम खेल, लिग वानको विन्टर ब्रेकअघि निस, लेन्स, मोनाको र लोएिन्टसँगको खेल गुमाउनेछन् । पिएसजीले ९ जनवरीमा लियोनसँग खेल्दैछ । त्यसपछि अर्काे साता ब्रेस्टसँग खेल्दैछ । उक्त खेलबाट नेयमारले पूनरागमन गर्ने सम्भावना रहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]