8 years ago
November 18, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्।
जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल खेलेका थिए।
उनले ग्लेन हडल प्रशिक्षक हुँदा उत्तरी लन्डनक्लबबाट खेल्ने मौका पाएका थिए। हाल नेपाल आएको जापानी टोलीका प्रशिक्षक समेत रहेका उनले अदो देन हाग नामक डच क्लबबाट पनि फुटबल खेलेका थिए।
December 23, 2024
हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]
December 23, 2024
दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]
December 23, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]