3 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ ।
अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो चरणका १४ खेल दशरथ रंगशालामा नै हुने गरि एन्फाले तालिका सार्वजनिक गरेको हो ।
तेस्रो चरणको पहिलो खेल मंसिर १७ गते दुई ललितपुरे टोली फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सोही दिन सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबले एकअर्काको सामना गर्नेछ । त्यस्तै चौथो चरणको पहिलो खेल मंसिर २४ गते मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । सोही दिन च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले दशरथ रंगशालासहित राजधानीका ३ र पोखरा रंगशालाको प्रयोग गर्ने भनिएपनि अहिले सम्म अन्य मैदानमा कहिले खेल हुने तय भएको छैन । मनाङले आफ्ना ५ खेल पोखरामा खेल्नका लागि अन्य क्लबसँग पहल गरेपनि निर्णय भने भइनसकेको बताइएको छ । च्यासल मैदान अहिले सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकाले त्यहाँ लिग हुने सम्भावना कम छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भने केहि खेल हुने लिगका निर्देशक सञ्जिव मिश्रले बताएका छन् ।
दोस्रो चरणको समाप्तीमा मनाङ ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । मनाङले मात्र लगातार दुई खेलमा जित हासिल गरेको छ । साविक विजेता मछिन्द्रको ४ अंक छ ।
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
एजेन्सी – स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्। म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। गत महिना […]
October 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को बुधवार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा (अखिल नेपाल फुटबल संघ) एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट […]