3 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट गोलका प्रयास भएपनि सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दोस्रो हाफ केही वेरमा सुरु हुनेछ ।
२६औं मिनेटमा रन्जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको ब्याकहिललाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसकेको बललाई सुनिल बलले प्रयास गरेपनि डिफेन्डरले क्लियर गर्दा मच्छिन्द्र अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नुर्लान नोभ्रुजोभले वान भर्सेस वानक अवस्थामा मौका पाएपनि हातले बन छुन पुगे ।
आर्मीले मच्छिन्द्रको पोस्टमा खासै आक्रमण बुन्न सकेन । मच्छिन्द्र लगातार दोस्रो जितको खोजीमा रहँदा आर्मी पहिलो जितको लक्ष्यमा हुनेछ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा आर्मीले विभागीय डर्वीमा पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]