default_image

3 years ago

November 29, 2021

मच्छिन्द्रविरुद्ध आर्मीमा तीन परिवर्तन

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको दोस्रो राउन्डको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबविरुद्ध पहिलो रोजाईमा तीन परिवर्तन गरेका छन् ।

प्रशिक्षक नविन न्यौपानेले पुलिससँग पहिलो खेलमा पहिलो रोजाईमा खेलेका जगजित श्रेष्ठ, युद्ध शाही र दिनेश हेन्जनलाई बाहिर राखेका हुन् । पहिलो रोजाईमा पुलिसविरुद्ध गोल गरेका विवेक बस्नेत, बिमल पाण्डेय र सुदिल राईले मौका पाएका छन् ।

गोलरक्षकमा विकेश कुथु रहँदा कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, विकास तामाङ, सन्तोष तामाङ, सुमन अर्याल, सेसेहाङ आङदेम्वे र गौतम श्रेष्ठ रहेका छन् ।

मच्छिन्द्रले एनआरटीविरुद्धको पहिलो खेलको सेटलाई नै आर्मीविरुद्ध निरन्तरता दिएके छ । कप्ता नसुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, सुनिल बल, अभिषेक बराल, विशाल श्रेष्ठ, आन्द्रेस निया, छिरिङ गुरुङ, नुर्लान नोभ्रुजोभ र ओमोलाजा करिम रहेका छन् ।

दोस्रो राउन्डको अन्तिम खेलमा साविकको विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो ४ः४५ बजे हुनेछ । मच्छिन्द्र लगातार दोस्रो जितको खोजीमा रहँदा आर्मी पहिलो जितको लक्ष्यमा हुनेछ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा आर्मीले विभागीय डर्वीमा पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.