3 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद)– न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै एनआरटीले दोस्रो खेलबाट पहिलो अंक जोडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको निराशजनक खेलमा दुवै टोलीले गोलको उल्लेख्य आक्रमण बुन्न सकेनन् । ५०औं मिनेटमा दिनेश राईको प्रहार आकासिदा बिबिसीले अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा सुजन गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार सदुयोग हुन सकेन । ६१औं मिनेटमा मेसुके ओलुमोउको क्रस सदुपयोग हुन सकेन ।
६५औं मिनेटमा दिनेशको पेनाल्टी बक्सभित्रको प्रहार गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । ८५औं मिनेटमा ड्याडी जुनियर वाम्वाको हेडर सदुपयोग हुन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुडीको प्रहारलाई एनआरटीका गोलरक्षक अजितले पञ्च गर्दै बचाए ।
बराबरीपछि एनआरटीको दुई खेलबाट १ अंक पुगेको छ । अपराजित बिबिसीको दुई खेलबाट ४ अंक छ । बिबिसीले पहिलो खेलमा नेपाल एपीएफ फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । एनआरटीले पहिलो खेलमा साविक विजेता मछिन्द्रसँग २–१ को हार बेहोरेको थियो ।
लिगमा आजै दोस्रो राउन्डको अन्तिम खेलमा साविकको विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो ४ः४५ बजे हुनेछ । मच्छिन्द्र लगातार दोस्रो जितको खोजीमा रहँदा आर्मी पहिलो जितको लक्ष्यमा हुनेछ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा आर्मीले विभागीय डर्वीमा पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]