default_image

3 years ago

November 29, 2021

बिबिसी र एनआरटी- पहिलो हाफमा गोलरहित बराबरी

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले गोलका लागि केहि अवसर खेर फाल्दा अग्रता भने लिन सकेनन् ।

बिबिसी विजय यात्रालाई निरन्तरता दिने प्रयासमा हुनेछ भने एनआरटी पहिलो जितेको खोजीमा हुनेछ । प्रतिस्पर्धात्मक खेलमा नेपाल एपिएफ क्लबलाई ३–२ ले हराउँदै बिबिसीले यसपटकको लिगमा विजयी सुरुवात गरेको थियो । इन्ज्युरी समयमा गोल गर्दै बिबिसीले महत्वपूर्ण ३ अंक जोडेको थियो ।

दोस्रो चरणका खेलमा थ्री स्टार क्लबलाई सातदोबाटो युथ क्लबले १–० ले स्तब्ध पारेको थियो । अन्य खेलमा संकटा क्लबलाई फ्रेन्ड्स २–१, च्यासलले एपिएफ, मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पालाई र नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई समान १–० ले हराएको थियो ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.