3 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । च्यासलले विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासलको जितमा रुमेश बर्ताैलाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा गोल गरेका थिए । खेलको १७औं मिनेटमा अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाउँदा च्यासल अग्रता लिनबाट चुक्यो ।
३०औं मिनेटमा आशिष लामाको फ्रिकिक पोस्टमाथिबाट बाहिरिदा एपीएफले अग्रता लिन सकेन । ४०औं मिनेटमा कर्नरबाट आएको बलमा विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाउँदा च्यासल अग्रता लिनबाट चुक्यो ।
लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए । ४९औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा उनले सुन्दर गोल गरे ।
६६औं मिनेटमा यानिक केचाको प्रहार सदुपयोग हुन सकेन । कमलको कर्नरमा रुमेशको फ्लिक हेडर पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका उनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको अन्त्यतिर एपीएफले च्यासललाई दवावमा राखेपनि गोल गर्न नसक्दा एपीएफले हार बेहोर्न पुग्यो ।
एपीएफको यो लगातार दोस्रो हार हो । यसअघि एपीएफले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ को हार बेहोरेको थियो । लगातार दोस्रो हार बेहोरेसँगै एपीएफ अंकविहीन हुँदै पुछारमा छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]