3 years ago
November 27, 2021
एजेन्सी – सुरुवाती अग्रता लिनका बावजुत पछि परेको एथलेटिको बिल्वाओ घरेलु मैदानमा हारबाट जोगिएको छ । लुइस म्याक्सिमियानोले आत्मघाती गोल गरेपछि बिल्वाओले ग्रानडासँग २–२ गोलको बराबरी खेलेको हो ।
सान मेमेज बारियामा शुक्रबार राति भएको खेलमा राहुल गार्सियाको गोलबाट घरेलु टोलीले खेलको १०औं मिनेटमा अग्रता लिएको थियो । उनले इकर मुनियनको पासमा गोल गरेका थिए । २५औं मिनेटमा डार्विन माचिसले बराबरी गोल फर्काए । उनले जर्ज मोलिनाको पासमा गोल गरेका थिए ।
पहिलो गोलको लागि असिस्ट दिएका मोलिनाले ३४औं मिनेटमा गोल गरेपछि ग्रानाले खेलमा २–१ को अग्रत लिन सफल भएको थियो ।
७६औं मिनेटमा लुइस म्याक्सिमियानोले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा इनिगो मार्टिनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो । सुरुवातमा पहेँलो कार्ड देखाएपनि भिएआरको सहायतामा रेफ्रीले कार्ड परिवर्तन गरेको थियो ।
यो बराबरीपछि विल्वाओ १४ खेलबाट २० अंक जोडेर आठौं स्थानमा रहेको छ । ग्रानडा १२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]