default_image

3 years ago

November 21, 2021

एपीएफमाथि बीबीसीको रोमाञ्चक जित

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बीबीसीले खेलमा तीनपटक अग्रता लिर्दै जित निकाल्न सफल भएको हो । बीबीसीको रोमाञ्चक दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र विक्की तामाङले गोल फर्काएपनि हार टार्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइबार भएको खेलको १२औं मिनेटमा दिनेश राईले गोल गर्दै ब्रिगेड ब्वाइजलाई १–० को अग्रता दिलाए । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।

१७औं मिनेटमा आशिष लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोलरक्षक राजु योगीले दिएको लामो पासलाई नियन्त्रणमा लिदै आवास लामिछानेको पासमा आशिषले उत्कृष्ट फिनिस गरेका थिए ।

४४औं मिनेटमा रुडी जोनाथनको पासमा कप्तान रोशन रानामगरले अफसाइड बिट ट्याप गर्दै एक डिफेन्डर र गोलरक्षक राजु योगीलाई बिट गर्दै गरेको प्रहार बारमा लागेर फर्कदा बीबीसी अग्रता लिनबाट चुक्यो । त्यसमा फर्किएको बललाई एपीएफका डिफेन्डरले क्लियर गरिदिए ।

५०औं मिनेटमा रवि थिङको पासमा आशिष लामाको हाफ भली प्रहार क्रसबारमा लागेर फर्कदा एपीएफ अग्रता लिनबाट चुक्यो । ६५औं मिनेटमा दिनेश राईले गोल गर्दै बीबीसीलाई २–१ को अग्रता दिलाए । सुरज गुरुङको चलाखीपुर्ण पासमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

७७औं मिनेटमा विक्की तामाङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । रवि थिङले दिएको क्रसलाई विकीले हेडरमार्फत सुन्दर गोल गर्न सफल हुदा गोलरक्षक पुर्ण चेम्जोङले रोक्ने कुनै अवसर नै पाएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गर्दै बीबीसीलाई ३–२ को रोमाञ्चक जित दिलाए । उनले भुवन बस्नेतको पासमा गरेको सशक्त प्रहारले जाली चुमेको थियो ।

जितपछि बीबीसीले ३ अंक जोडेको छ । एपीएफले अंक जोड्न सकेन । लिगमा बीबीसी पहिलो चरणमा जित निकाल्ने दोस्रो टोली बनेको छ । यसअघि रुस्लान थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै ३ अंक जोडेको थियो । सातदोबाटो, फ्रेन्ड्स, संकटा र हिमालयन शेर्पाको समान एक अंक छ । दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ः४५ बजपछि हुनेछ ।

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.