default_image

8 years ago

November 16, 2016

टोलीको एकतानै जितको कारण – कप्तान विराज

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो ।

birat

नेपाललाई लगातार तेस्रो उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका विराजले बुधबार राती त्रिभुवन विमानस्थलबाट निस्कने क्रममा भने,‘ च्याम्पियन बन्ने लक्ष्यका साथ गएका थियौं । सबैले एकजुट भएर प्रदर्शन गर्दा लक्ष्यमा सफल भयौं । सबैले आ आफ्नो ड्यूटी परा गरेका छन् । ’ माघमा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप र फागुनमा नेपालले दक्षिण एसियाली खेलकुद (साग) को यू २३ फुटबलमा स्वर्ण जित्दा पनि विराज नै कप्तान थिए ।

bikesh
यसपटक च्याम्पियन हुने क्रममा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेपनि त्यसपछि ब्रुनाईलाई ३–० हराउँदै सेमिफाइनल पक्का गरेको थियो । लाओसलाई सेमिफाइनलमा २–२ को बराबरीपछि टाइब्रेकरमा हराएको नेपालले फाइनलमा मकाउलाई पराजित गरेको थियो । ब्रुनाईविरुद्ध नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगर ले तथा सेमिफाइनलमा विमल र अनन्त तामाङले गोल गरेका थिए । फाइनलमा एकमात्र गोल सुजल श्रेष्ठले गरेको थियो ।

12
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी, खेलाडीका परिवार, विभिन्न उमेर समूहका खेलाडी र समर्थकले टोलीलाई विमानस्थलमा स्वागत गरेको थियो । विमानस्थलबाट सुरु भएको र्याली गौशला, मैतीदेवी हुँदै भद्रकाली, त्रिपुरेश्वर, पुल्चोक, मंगलबार हुदै एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर टुंगिनेछ ।

13
team-12

 

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.