3 years ago
November 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन क्लब माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका छन् ।
शुक्रबार माल्दिभ्स प्रस्थान गरेका किरणले शनिबार नै क्लबसँग एक सिजनका लागि सम्झौता गरेका हुन् । यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सका लागि खेल्दै किरणले लिग उपाधिसँगै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।
किरणकै कप्तानीमा नेपालले गत महिना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गरेको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
किरणले यसअघि भारतको राउन्डग्लास पन्जाबको कप्तानी गरेका थिए । त्यसअघि मिनेर्भा पन्जाबबाट आइलिग जितेका उनी त्यहाँ पनि उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]