3 years ago
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । दुवै टोलीले १-१ अंक जोडेका छन् । ए डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले फ्रेण्डस् क्लवलाई दबाबमा राखेपनि गोल गर्ने सुन्दर मौकाको सदुपयोग गर्न भने सकेन ।
पहिलो हाफको ११ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशिल राईले पोष्टको दिशा दिन सकेनन्। १९ औँ मिनेटमा सातदोबाटोका सिफामन्ड्ला एसेलोलाई खराब ट्याकल गरेपछि फ्रेण्ड्सका अनिल महर्जनले पहेलो कार्ड पाए। घाईते एसेलोले २३ औँ मिनेटमा मैदान छाडे।
खेलको १९ औँ मिनेटमा आकाश बुढामगरको फ्रिकीक पोष्ट माथिबाट बाहिरियो। खेलको ५७ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको प्रहार किपरले पन्च गर्दै बचाए। ५९औँ मिनेटमा सकल रेग्मीको प्रहार क्रस बारमा लागेर फर्किदा फ्रेण्डसले अग्रता बनाउने सुन्दर मौका गुमाउन पुग्यो।
६६ औँ मिनेटमा फ्रेण्ड्सका जमौला एन्थोनिले डिबक्स बाहिरबाट हानेको प्रहार सातदोबाटोका पिटनर सेगुनलाई रिफ्लेक्ट हँदै गएको बललाई किपरले मुस्कीलले पन्च गर्दै बचाए। ७५ औँ मिनेटमा सातदोबाटोको प्रशान्त अवस्थीको प्रहार पोष्टको नजिकैबाट बाहिरिए। ७६ औँ मिनेटमा रोनियल एन्थोनी पउलले दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि फ्रेण्डस् १० खेलाडीमा सिमित भयो। उनले ६१ औँ मिनेटमा पहिलो पँहेलो कार्ड पाएका थिए।
८२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीको प्रहारलाई किपर राहुल रामचन्द् यादवलले बचाएपनि रिबाउण्डमा आएको बललाई पुनः चौधरीले प्रहार गरे पनि पोष्टको दिशा दिन भने सकेनन्। लिगमा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लव तथा दोस्रो खेलमा च्यासल युथ क्लव र रुस्लान थ्रीस्टार क्लव भिड्नेछन्। पहिलो खेल दिउँसो १ बजे तथा दोस्रो खेल पौने ५ बजे दशरथ रगंशालामा हुनेछ।
लिगको उपाधि विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगमा टिकट १ सय रुपैयाँ राखिएको छ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]