8 years ago
November 16, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोली सङ नोवेम्बर १९मा च्यारिटी फुटबल खेल्दै छ ।
शनिबार हुने खेलमा भाग लिन बिहिबार जपानबाट फुटबल टोली आउने छ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका मिड्फिल्डर काजुयुकी २००२ बिश्व कपमा जापानको टोलिमा पनि थिए ।
खेलको टिकटदर १००० रुपैया र १५०० रुपैया तोकिएको छ । खेलबाट संकलन भएको रकम भूकम्प प्रवाभित स्थानको खेलकुद बिकास र शैक्षिक क्षेत्रको पुनर्निर्माणमा सदुपयोग गरिनेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]