default_image

3 years ago

November 10, 2021

‘सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध राम्रो क्रिकेट खेल्ने छौं’ – बाबर

47 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध समूह चरणमै जस्तै राम्रो क्रिकेट खेल्दै अपराजित यात्रालाई निरन्तरता दिने बताएका छन् । पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । सेमिफाइनल खेल्नुअघि पत्रकार सम्मेलनमा बोल्दै बाबरले अष्ट्रेलियालाई हराउन त्यस दिन राम्रो क्रिकेट खेल्न आवश्यक रहेको बताएका पनि छन् ।

‘यो निकै महत्वपूर्ण खेल हो । हामीले यसअघि समूह चरणमा खेलेको खेललाई सेमिफाइनलमा निरन्तरता दिन चाहन्छौं । टि२० खेलमा कुनैपनि टोली कमजोर हुँदैनन् । जितको लागि खेलको दिन राम्रो क्रिकेट खेल्नुपर्ने हुन्छ’ , बाबरले भने । ‘हामीले समूह चरणमा पाँच खेल खेल्यौं । पाँच खेलमा सबैले आफ्नो योगदान दिएका छन् । पाँचै खेलमा फरक खेलाडी प्लेयर अफ द म्याच चुनिएका छन् । यो हाम्रो लागि अतिरिक्त फाइदा हो । सबै खेलाडीको भूमिका स्पष्ट छ । हामी जसरी समूह चरणमा क्रिकेट खेल्दै आएका छौं । अष्ट्रेलियाविरुद्ध त्यसलाई निरन्तरता दिन चाहन्छौं’ , उनले भने ।

तीव्र गतिका बलर हसन अली र शीर्षक्रमका ब्याटर फखार जमानले विश्वकप प्रतियोगितामा केहि कमजोर प्रदर्शन गरेका छन् । ‘म कप्तानको रुपमा हसन अलीलाई टिम बाहिर राख्ने कुरा सोच्न पनि सक्दिन । हसन प्रमुख बलर हुन् । उनले धेरै खेलसँगै प्रतियोगिता जिताएका छन् । खेलाडीलाई यस समयमानै राम्रो साथको आवश्यक पर्छ । खेलाडीको करिअरमा उताड चडाव आउँछनै’ , उनले भने त्यसैमा थपे मरो विचारमा हरेक खेलमा ११ खेलाडीनै प्रदर्शन गर्छन् भन्ने हुँदैन । फखार जमानको दिन छ भने पूरा खेल परिवर्तन गर्नसक्छन् । आशा छ सेमिफाइनलमा उनले आफ्नो शैलीको खेल खेल्दै टोलीलाई जिताउने छन् ।’

पाकिस्तान समूह २ बा ५ खेलमा ५ मानै जितका साथ अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने यस विश्वकपमा पाकिस्तान एक्लो टोली हो । जसक्रममा पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ८ विकेटले हराएको थियो । पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

भीमले पारालिम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]

Success

Thank you for your time.