3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै त्रिभुवन आर्मी क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको फाइनमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँगको भेट पक्का गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा आर्मीले एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा २५–१७ को सहज जित निकालेको आर्मीले दोस्रो सेटमा पनि २५–१७ कै सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा एपीएफले चुनौती पेश गरेपनि आर्मीले २५–१९ को सहज जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
फाइनल खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि बिहान ११ बजे तेस्रो स्थानको लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबभी प्रतिस्पर्धा हुनेछ । त्यसअघि साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।
महिलातर्फ उपाधिका लागि नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]