3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध खराब प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले सुरुवाती १० ओभरमा ५ विकेट गुमाउँदै ४८ रन बनाएको छ ।
क्रिजमा असेला गुणरत्ने ६ र विवेक यादव ३ रनमा अविजित छन् । तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर रित गौतम लङअनमा खडक बहादुर बोहराबाट २ रनमा क्याच आउट हुन पुगेका थिए । तेस्रो ओभरको पहिलो बलमा सुनिल धमला शून्यमा रन आउट भए । सोमपाल कामीले पाँचौं ओभरको तेस्रो बलमा विरनदीप सिंहले मिडअनमा एक हातले उत्कृष्ट क्याच लिएपछि कप्तान विनोद भण्डारी ५ रनमा पेभिलिएन फर्केका थिए ।
स्पिनर साहब आलमको सातौं ओभरको चौथो बलमा ठूलो सट खेलेका ओपनर रिचार्ड लेभी लङअनमा ईशान पाण्डेबाट २० रनमा समातिन पुगेपछि पोखरा समस्यामा परेको थियो । लेभीले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे । लोकेश बम ८ रनमा क्याच आउट भए ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीको सहभागीता रहेको थियो । क्यानले गत शनिवार […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]