3 years ago
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘बी’ को लिगको अन्तिम खेलमा डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह ‘बी’ को विजेता बन्यो । डायमन्डसँगको हारका बावजुत आर्मी समूह उपविजेता बन्दै सेमिफाइन्लमा पुग्न सफल भयो ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा डायमन्डले सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा सेट पोइन्टमा भने आर्मीले २४–२३ अग्रता लिएपनि डायमन्डले २७–२५ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा डायमन्डले एक समय १६–८ को आरामदायी अग्रता लिएपनि लगातार अंक गुमाउँदा खेल १८–१७ को स्थितिमा आएपनि डायमन्डले २५–२२ को जित निकाल्दै जिततर्फ अघि बढ्यो ।
तेस्रो सेटमा ५–५ को बराबरीबाट डायमन्डले लगातार ४ अंक जोड्दै ९–५ को अग्रता लिएपनि आर्मीले लगातार ६ अंक जोड्दै ११–९ को अग्रता लिएको थियो । त्यसपछि खेलमा फर्किएको डायमन्डले अग्रता लिदै २५–२३ को जित निकाल्दै विजयी हुन सफल भयो ।
यो सँगै महिलातर्फको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल एपीएफ क्लब र समूह ‘बी’ को उपविजेता त्रिभुवन आर्मी क्लब तथा समूह ‘बी’ को विजेता डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
त्यसअघि दुई विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती ३–१ ले पन्छाउँदै नेपाल एपीएफ क्लब समूह विजेताबन्न सफल भयो । एपीएफसँगको हारसँगै पुलिस समूह उपविजेता बन्यो ।
पुरुषतर्फ आज (बिहीबार) नै क्वाटरफाइनलमा चार खेल हुनेछ । क्वाटरफाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब, नेपाल पुलिस क्लब र ढोरपाटन क्लब, त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]