default_image

4 years ago

September 28, 2021

आर्मी बन्यो टुरिजम कप गल्फको क्लब च्याम्पियन

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब नेपाल टुरिजम गल्फ प्रतियोगिताको क्लब च्याम्पियन बनेको छ । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् ।

पहिलो दिनको खेलमा २ स्ट्रोकले पछि परेपनि दोस्रो तथा अन्तिम दिन मंगलबार पुनरागमन गर्दै आर्मी उपाधि जित्न सफल भयो । आर्मीसँगै गोकर्ण गल्फ क्लबका सद्भाव आचार्य र टासी छिरिङको जोडीले समग्रमा १२ ओभर ३ सय को स्कोर जोडेका हुन् । दोस्रो दिन सुवासले २ अन्डर ७० तथा निश्चयले ५ ओभर ७७ स्कोर जोडेका थिए । गोकर्णका सद्भावले इभन पार ७२ तथा टासीले ५ ओभर ७७ को स्कोर दर्ता गरे ।

गोकर्णले काउन्ट ब्याकमा दोस्रो स्थान हिल गर्दा हिमालयन गल्फ कोर्ष पोखरा ४९ ओभर ३ सय ३७ स्कोरसहित तेस्रो भयो । चौथो स्थानको धरान गल्फ क्लबले ५२ ओभर ३ सय ४० स्कोर जोड्दा रोयल नेपाल गल्फ क्लब १ स्ट्रोकले पछि पर्दै पाँचौ भयो ।

नेपाल गल्फ संघको आयोजनामा जारी प्रतियोगिताको कर्पोरेट गल्फ इभेन्ट बुधबार हुनेछ । ९२ गल्फर सहभागी प्रतियोगिता स्टेबलफर्ड फर्म्याटमा ३/४ ह्याण्डीक्याप लागु हुनेछ ।

गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसपटक भने विदेशी पर्यटक आउने सम्भावना नभएपछि अन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यसहित स्थानीय खेलाडी तथा कुटनीतिक नियोगका प्रतिनिधि समेटेर प्रतियोगिता गरिएको हो ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

Success

Thank you for your time.