3 years ago
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबमाथि संघर्षपुर्ण जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकीले मणिमुकुन्दमाथि ३–२ को सेटमा संघर्षपुर्ण जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेपनि त्यसपछिको दुई सेटमा गुमाएको गण्डकीले निर्णायक सेटमा बाजी मारेको हो ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट झनै रोमाञ्चक बन्दा गण्डकीले ३६–३४ को संघर्षपुर्ण जित निकालेको थियो । गण्डकीले तेस्रो सेट १८–२५ र चौथो सेट २५–२७ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।
निर्णायक सेटमा पनि सुरुवातमा पछि परेको गण्डकीले पूनरागमन गर्दै ९–६ को अग्रता लिदै जिततर्फ अघि बढेको थियो । तरमणि मुकुन्दले खेलमा पूनरागमन गर्दै १३–१३ को बराबरीमा ल्याएपनि त्यसपछि गण्डकीले लगातार दुई अंक जोड्दै १५-१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
जितपछि गण्डकी समूहमा एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । गण्डकीले दुई खेलबाट ५ अंक जोड्यो । यो समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम आठको यात्रा तय गर्न सफल भयो । मणि मुकुन्द र दवाली मिलन क्लब समूह चरणबाटै बाहिरियो ।
त्यसअघि हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा एक खेल बाँकी छँदै अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा हेल्प नेपालले २५–२१, २५–१७ र २५–१६ को सहज जित निकाल्यो । लगातार दोस्रो हारसँगै प्रदेश २ समूह चरणबाट बाहिरिएको छ । अब प्रदेश २ र बागमतीले सान्त्वना जितको लागि खेल्नेछ ।
हेल्प नेपालको जितले गल्कोटले पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब हेल्प नेपाल र गल्कोटबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५-११ को जित निकालेको एपिएफले दोस्रो सेट २५-७ ले तथा तेस्रो सेट २५-६ ले सहजै जित्यो ।
यस्तै अर्काे खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेट २५-६ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो २५-५ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेटमा नयाँ खेलाडीलाई मौका दिदा २५-१३ को जित निकाल्न सफल भयो ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]