4 years ago
September 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ ।
गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ कोर्षबीच टिम इभेन्ट हुनेछ । प्रतियोगिताको अन्तिम दिन भने ओपन गल्फ प्रतियोगिता हुनेछ । सन् २०१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसाथ आयोजना गरिएको प्रतियोगितामा ४० विदेशी खेलाडीको सहभागिता रहेको थियो ।
गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसपटक भने विदेशी पर्यटक आउने सम्भावना नभएपछि अन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यसहित स्थानीय खेलाडी तथा कुटनीतिक नियोगका प्रतिनिधि समेटेर प्रतियोगिता गर्न लागिएको हो । २९ तारिखमा हुने प्रतियोगितामा दर्जन महिला गल्फरसहित कुल ८० जनाको सहभागिता हुने अपेक्षा संघले राखेको छ । प्रतियोगिता स्टेबल फर्म्याटमा हुनेछ ।
पहिलो भागको प्रतियोगिता भने स्ट्रोक प्ले आधारमा हुनेछ । नेपालमा रहेका ५ गल्फ कोर्षबाट २-२ खेलाडीको टोलीले प्रतिस्पर्धा गर्नेछन् । आर्मी अफिसर्स गल्फ क्लब, पोखराको हिमालयन गल्फ कोर्ष, धरानको निर्भाना गल्फ क्लब, गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि क्लबले अन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्नेछन् ।
विजयी खेलाडीलाई प्रायोजकबाट प्राप्त हुने विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने संघले जनाएको छ । यस्तै अन्तिम दिनको प्रतियोगितामा होल नम्बर १० मा होल इन वन गर्नेले कोया सोनेट पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि पर्यटन बोर्डले आवश्यक सहयोग गर्ने संघका अध्यक्ष टासी घलेले जानकारी दिए । उनले राखेपबाट पनि प्रतियोगिताका लागि सहयोगको वाचा भएको बताएका छन् । प्रतियोगितालाई केल्मी, स्यामसङ, यार्चागुम्बा, कार्ल्सबर्ग र किया लगायत ब्राण्डहरुले प्रायोजन गरेका छन् ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]