default_image

8 years ago

November 10, 2016

माल्दिभ्समा अरुणा र मञ्जुको टोलीलाई सफलता

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दाले माल्दिभ्सको महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ । अरुणा क्विन अफ दी म्याच घोषित भएको खेलमा फेयस्दा ३–१ ले विजयी भएको थियो । पहिलो सेट गुमाएर पनि फेयस्दा विजय प्राप्त गर्न सफल भएको थियो ।

manju-n-aruna-1

पहिलो खेलमा माल्दिभियन आरसीसँग निशाश बनेको फेयस्दाले बिहीबार पोल स्टारलाई २२–२५,२५–२०,२५–१८ र २५–२३ ले पराजित गरेको थियो । पहिलो खेलको दाजोमा टोली सेट हुँदै गएको उल्लेख गर्दै मन्जुले हाम्रो खेलकुदसँग भनिन्,‘हामी सबैले आज राम्रो खेल्यौं । आउने खेलमा अझै सुधारको प्रयास गर्नेछौं ।’
नेपाली खेलाडी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियामागु इजीले भने दुई खेल जितेको थियो । माल्दभियन आरसिटी र पोल स्टार दुवैलाई हराउँदा प्रतिभा क्विन अफ दी म्याच बनेकी थिइन् ।

aruna-1aruna-1

manju-n-aruna

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.