3 years ago
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणमा पर्न सफल होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी युवा उदियमान स्पाइकर रिया कुँवरले आसन्न छैटौं संस्करण एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप गुमाउने भएकी छिन् ।
प्रशिक्षण दौरान बायाँ घुडामा चोट बोक्न पुगेपछि उनले च्याम्पियनसिप गुमाउने पक्का भएको प्रशिक्षक कुमार राईले हाम्रो खेलकुदलाई जानकारी गराए । आगमी १० असोजदेखि सुरु हुने एनभिए क्लब च्याम्पियनसिपकै प्रशिक्षण दौरान न्यु डायमन्डको आफ्नै कोर्टमा रियाले स्पाइकका लागि जम्प गर्ने प्रयास गर्दा दुखाई महसुस गर्दै घुडाँमा सामान्य चोट बोक्न पुगेकी थिइन् ।
त्यसपछि उनलाई क्लबको मेडिकल पार्टनर अर्थाेप्लास्टमा लगिएको थियो । त्यहाँ फिजियोसँग केहि समय रिह्याब गरेपछि फिट भएपछि उनी पुन प्रशिक्षणमा फर्किएकी थिइन् । पुनः दुखाई महसुस गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई गरिएको थियो । एमआरआई परिक्षणमा उनको घुडाँको एसिएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने भएको हो । उनको शल्यक्रिया डाक्टर भद्र हमालको नेतृत्वको टोलीले गर्नेछ ।
सोमबार ट्रमा सेन्टरमा उनको घुडाँको शल्यक्रिया हुनेछ । शल्यक्रियापछि उनी कम्तीमा पनि ९ महिना मैदान बाहिर रहने सम्भावना छ । पछिल्लो समय रियालाई नेपाली भलिबलमा योगदान दिन सक्ने खेलाडीको रुपमा हेरिएको छ । १५ वर्षीय रियाले एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले छनोट गरेको ३० सदस्यीय टोली हुदै १८ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । नेपाल भलिबल संघले रियाको उपचारको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई आवश्यक पत्र पठाइसकेको छ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]