3 years ago
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एनभिए लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले युवा प्रशिक्षक उत्सव खड्कालाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबको शुक्रबार बसेको बैठकले २८ वर्षीय खड्कालाई दीर्घकालीन रुपमा टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी गराए । उनले असोज १० बाट सुरु हुने भनिएको छैटौ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपदेखि प्रशिक्षण सम्हालनेछन् ।
‘हामीले दीर्घकालीन रुपमा अघि बढ्ने योजना अनुरुपमा प्रशिक्षण कोर्समा डिप्लोमा गरिसकेका उत्सवलाई मुख्य प्रशिक्षक बनाएको हौं । उनको र क्लबको योजना मिलेपछि सहकार्यको वातावरण बनेको हो,’ महासचिव श्रेष्ठले भने, ‘खेलाडी उत्पादन गर्ने हाम्रो योजना हो । अब उनको आगमनसँगै क्लबको नियमित प्रशिक्षण गर्ने योजना छ । अहिलेका लागि नयाँ बसपार्कमा नै हेल्प नेपालको प्रशिक्षण हुनेछ । उनको क्षमता हेरेर नै हामीले उनलाई प्रशिक्षकमा नियुक्त गरेका हौं ।’
प्रशिक्षक खड्का यसअघि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको प्रशिक्षक रहेका थिए । विभिन्न जिल्लाहरुमा प्रशिक्षण दिइसकेका खड्काले उनले भारतको पाटियालाबाट नेताजी सुभाष नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्सबाट २०१९ मा कोचिङको डिप्लोमा कोर्स पुरा गरेका छन् ।
यस्तै महासचिव श्रेष्ठले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप १ असोजबाट नयाँ बसपार्कमा प्रशिक्षण थालिने बताए । उनले च्याम्पियनसिपका लागि खेलाडी अनुबन्धको कार्य तीव्र गतिमा भइरहेको समेत बताए । गत चैतमा सम्पन्न एनभिए लिगको फाइनलमा एपिएफलाई हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको थियो ।
त्यसबेला टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका भारतीय राष्ट्रिय टोलीका विनितसहित अन्य खेलाडीसँग छलफल भइरहेको बताए । भारतीय सेनामा कार्यरत नेपाली ओपन स्पाइकर अमृत केसी र मिडल ब्लकर याम क्षेत्री भने यसपटक टोलीमा नरहने महासचिव श्रेष्ठले बताए । उनीहरु भारतीय सेनाकै आन्तरिक प्रतियोगितामा व्यस्त रहने भएका कारण यसपटकको च्याम्पियनसिपमा उपस्थित हुन नसक्ने भएका हुन् ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]