default_image

4 years ago

September 3, 2021

पारालिम्पिक : पलेशा ऐतिहासिक पदकबाट बन्चित

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा पराजित भएकी छिन् । चीनकी युजी लीसँग १२-९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट बन्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् ।

कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४-२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५-० ले जित्दै समग्रमा ७-४ को अग्रता लिइन् । तेस्रो चरणमा एक समय खेल ९-९ को बराबरीमा पुगेपनि समग्रमा १२-९ को जितसहित लीले कास्य पदक जितिन् ।

त्यसअघि महिला के४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना समाप्त हुँदा रेपेचेजमार्फत कास्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने भएकी थिइन् ।

रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरिन् । अमेरिकी ब्रायना सालिनारोलाई १०-० ले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । ओलम्पिक स्पर्धामा नेपालका कुनैपनि खेलाडीले जित हासिल गरेको यो नै पहिलो अवसर थियो ।

पलेशाले सेमिफाइनलमा सर्बियाकी मिसेभलाई हराउँदै पदक भिडन्तमा स्थान पक्का गरेकी थिइन् । मिसेभले पहिलो चरणमा ४-४ को बराबरी गरेपनि दोस्रोमा ७-२ र तेस्रोमा १२-९ को स्कोरले पलेशा समग्रमा २३-१५ ले विजयी रहिन् । यस जितले उनको लीसँगको भिडन्त पक्का भएको थियो ।

पलेशा प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेको पुगेको थियो । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी थिइन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

Success

Thank you for your time.