default_image

4 years ago

September 3, 2021

पारालिम्पिक : पलेशा कास्य पदक नजिक

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएपछि रेपेचेजमार्फत कास्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने भएकी थिइन् ।

रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरिन् । अमेरिकी ब्रायना सालिनारोलाई १०-० ले पराजित गरेपछि सेमिफाइनलमा उनले सर्बियाकी मिसेभलाई पनि हराइन् । मिसेभले पहिलो चरणमा ४-४ को बराबरी गरेपनि दोस्रोमा ७-२ र तेस्रोमा १२-९ को स्कोरले पलेशा समग्रमा २३-१५ ले विजयी रहिन् ।

पलेशाले अब कास्य पदकका लागि चीनकी ली सँग प्रतिस्पर्धा गर्नेछिन् । ली पनि बेलायतकी बेथसँग ३४-२५ ले पराजित भएपछि कास्य पदक भिडन्तमा आएकी हुन् । उनले पहिलो चरणमा भने सर्बियाकी मिसेभलाई २३-१७ ले हराएकी थिइन् ।

पलेशा प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेको पुगेको थियो । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.