default_image

8 years ago

November 7, 2016

माल्दिभ्समा प्रतिभाको उत्कृष्ट प्रदर्शन जारी

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुई राष्ट्रिय खेलाडी सम्मिलित मिक्सियामागु इजीले माल्दिभ्स महिला क्लब लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

pratibha-mali

स्पाइकर प्रतिभा माली लगातार दोस्रो खेलमा वमन अफ दी म्याच बनेपछि मिस्यिमागुले पोल स्टार क्लबलाई १२–२५, २५–२३, २५–७, २५–१७ ले हराएको छ । माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा एउटा टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावथान छ । प्रतिभासँगै अर्की राष्ट्रिय खेलाडी कोपिला उप्रेती पनि टोलीमा छिन् । विपक्षी टोलीमा दुई सर्वियन खेलाडी रहेको प्रतिभा र कोपालाको व्यवस्थापकका रुपमा गएकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् ।

राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुणा शाही सम्मिलित अर्को टोली फेयस्दाले भने आज राती नै माल्दिभियन क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्यो माल्दिभियन क्लबलाई पहिलो खेलमा प्रतिभा र कोपिला सम्मिलित टोलीले हराएको थियो । प्रतियोगितमा महिलातर्फ पाँच क्लब र पुरुषतर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 19, 2025

लगातार ४ खेलमा ललितको ५ विकेट हल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

Success

Thank you for your time.