4 years ago
August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो टोली टोकियो प्रस्थान गरेको छ । यसपटक पारालिम्पिकमा नेपालको तर्फबाट पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले के-४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
टोकियो जाने टोलीमा पारा तेक्वान्दोका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँगै थप ३ अफिसियल टोकियो जाँदैछन् । वाइल्ड कार्ड प्राप्त गर्दै अवसर पाएकी पलेशासँगै प्रशिक्षकमा कविराज नेगी लामा तथा अफिसियलमा ओलम्पियन दीपक विष्ट छन् । यसबाहेक सेफ दि मिसनमा सरोज श्रेष्ठ, टिम अफिसरमा विश्वास बस्नेत र डाक्टर दीपक श्रेष्ठ पनि पारालिम्पिकमा सहभागी हुँदैछन् ।
एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी पलेशासँग विश्व च्याम्पियनसिपमा खेलेको अनुभव पनि छ । उनले पदक जित्ने अपेक्षासहित प्रशिक्षण गरिरहेको बताएकी थिइन् । कोरोना संक्रमणका कारण छनोट प्रतियोगिता खेल्न जान नपाएकी पलेशा वाइल्ड कार्ड पाएपछि भाग्यमानी सावित भएकी थिइन् ।
पारालिम्पिक टोलीलाई खेलकुद सामाग्री उत्पादक केल्मीले ओलम्पिक टोली सरहनै सामग्री हस्तान्तरण गरेको थियो । केल्मीको अधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रबन्धनिर्देशक उत्तम न्यौपानेले खेलकुदको कुम्भमेला ओलम्पिक र पारालिम्पिकमा अफिसियल किट बन्न पाएकोमा खुशी व्यक्त गर्दै टोलीलाई सफलताको कामना गरेका थिए । यसबाहेक अन्य संस्थाले पनि सहयोगसहित टोलीलाई बिदाइ गरेको थियो ।
सेफ दि मिसन सरोज श्रेष्ठले विषम परिस्थितिमा पारालिम्पक टोलीलाई सहयोग गरेकोमा केल्मी परिवारलाई धन्यवाद ज्ञापन गर्दै सहभागितालाई खेर जान नदिने बताए । केल्मी र नेपाल पारालिम्पिक कमिटीबीच गत २० साउनमा सम्झौता भएको थियो केल्मीले पारालिम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ ।
पारालिम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल सामाग्री प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको थियो । देशभरमा केल्मीका १३ वटा आउटलेट छन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]