3 years ago
August 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर शान्ता नेपालीलाई राष्ट्रिय फुटबल टोली लगायत विभिन्न व्यक्तिहरुबाट संकलित २ लाख ५९ हजार रुपैयाँ शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
तीन साताअघि शान्ताको आर्थिक अवस्थाका विषयमा नेप्लेज डट कमले भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले नेप्लेजकै संयोजकत्वमा सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभ कामना दिएका थिए । यसैगरी युकेमा बस्ने सुनिल प्रधानले गो फण्ड युके मार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपैयाँ सहयोग रकम पठाएका थिए ।
यसैगरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगत रुपमा ५० हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।
कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए । वडा नम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए । अहिले वालिङ खेल मैदानको छेउमा रहेको शौचालयको छतमा दुई कोठाको बासस्थान पाएकी शान्ताको परिवारलाई आफूहरुले आउँदा दिनमा पनि सहयोग गर्ने उनले बताए ।
विगतमा देशभरका स्थानीय तहहरुमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य विमा पनि गरिएको जानकारी दिए । कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर निर्माण आफूहरुले नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
पवर्तको मार्दी क्लबलाई पनि सहयोग
कार्यक्रममा पवर्तको मार्दी क्लबलाई पनि खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खाँड र सभापति गुरुङले मार्दी क्लबका प्रशिक्षक अविनाश बस्याल (अर्जुन) लाई बल र जर्सी सेट प्रदान गरेका थिए । केल्मी नेपाल र प्रशिक्षक अब्दुल्लाहको तर्फबाट १० वटा बल र १० सेट जर्सी सहयोग प्राप्त भएको थियो ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]