8 years ago
November 6, 2016
म्यान्चेस्टर सिटिसँगको च्याम्पियन्स लिगको पराजय पछी बार्सिलोना ला लिगामा सेभिल्लको चुनौतिको सामना गर्दैछ । ला लिगाको अंक तालिकामा रियल म्याड्रीड भन्दा २ अंक तल दोस्रो स्थामा रहेको बार्सिलोना जित्दै ३ अंक बटुल्ने दाउमा रहने छ ।
त्यस्तै बार्सिलोनालाई आफ्नु घरेलु मैदानमा निम्त्याउद सेभिल्ला बार्सिलोनाको अस्थिरताको सदुपायोग गर्ने दाउमा रहनेछ । बार्सिलोना भन्दा २ अंकले पछी परेको सेभिल्ला जित्दै अंक तालिकामा उक्लने प्रयासमा रहनेछ ।
सेभिल्लाको सामना गर्दा बार्सिलोना इन्जुरिका कारण इनिएस्टा, जोर्डी अल्बा, भिडाल र जेरेमी म्याथिउ बिना खेल्नेछ । त्यस्तै ४ पहेलो कार्ड पाएको स्वारेजले थप अर्को कार्ड पाएमा मालागासँगको खेल गुमाउने छन ।
त्यस्तै सेभिल्लाकोलागी भने म्यान्चेस्टर सिटिबाट लोनमा आएका समिर नाज्री खेलमा फर्कनेछन । नाज्रीले यो सिजन ५ खेलमा दुइ गोल गरिसकेका छन ।
November 20, 2024
सुमन अधिकारी,बुटवल पाकिस्तानमा हुन लागेको नेत्रहीन टि ट्वान्टी विश्वकप भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच बुधवार टोलीको बिदाइ गरेको हो। टोली रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ। खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । नोभेम्बर २३ […]
November 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टोली चितवन राइनोजको प्रमुख प्रायोजकमा ब्लु स्टार आबद्ध भएको छ । घरेलु सामाग्रीको उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतिक पन्त र चितवन टिमका अध्यक्ष आयुष न्यौपानेले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे। चितवन राइनोजसँग साझेदारी गर्न पाउँदा खुसी लागेको पन्तले बताए । ‘यो साझेदारीको उद्देश्य एक अविस्मरणीय […]
November 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, […]