4 years ago
August 8, 2021
एजेन्सी – कोरोना भाइरस (कोभिड –१९) को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ ।
गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिदा कोरोनाको त्रास नहटेपनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य समापन भएको हो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सय भन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।
अब ३३ औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुने छ । समापन समारोहमा आयोजना जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा पेरिसमा प्रत्यक्ष समारोह समेत भएको थियो । ओलम्पिकको उद्घाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए । समापनमा नेपालको झन्डा स्वयंसेवकले बोकेका थिए ।
ओलम्पिकको अन्तिम दिन सबै ३ सय ४० स्वर्ण ३३८ रजत र ४०२ कास्यगरी १०८० पदकको छिनोफानो भएको छ । ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीका ११ हजार ९० एथलिटले ३३ खेलमा विभिन्न ३३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । यसपटक ओलम्पिकमा नेपालसहित ११२ राष्ट्र पदकविहीन बने ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भए । ओलम्पिक जापानको टोकियो शहरका २३ जुलाईदेखि ८ अगस्टसम्म भएको थियो ।
विश्व खेलकुदको कुम्भमेलामा वर्चस्व जमाउने अमेरिका यसपटक पनि पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यगरी कुल ११३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य बन्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यगरी ८८ पदक जित्न सफल भयो ।
आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्यगरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण सहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो ।
सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]