default_image

4 years ago

August 5, 2021

भारतलाई दोस्रो रजत

145 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत भारतले दोस्रो रजत पदक हात पारेको छ । कुस्ती अन्तर्गत ५७ केजी तौल समूहको फाइनलमा रवी कुमार रसियन ओलम्पिक कमिटीका जाभुर उगुएभसँग पराजित भएपछि भारतले दोस्रो रजत हासिल गरेको हो ।

२३ वर्षीय रवी फाइनलमा ७-४ को हार बेहोर्दै स्वर्ण पदकबाट बन्चित भएका थिए । उनी भारतका लागि कुस्तीमा रजत जित्ने दोस्रो खेलाडी बने । यसअघि सुशील कुमारले २०१२ को लन्डन ओलम्पिकमा रजत जितेका थिए ।

यसअघि टोकियो ओलम्पिकको दोस्रो दिन भारतका लागि मिराबाई चानुले रजत पदक जितेकी थिइन् । उनले भारोत्तोलन अन्तर्गत महिला ४९ केजी तौल समूहमा रजत हासिल गरेकी थिइन् । समग्रमा भारतले यसपटक ओलम्पिकमा ५ पदक जितेको छ । २ रजतसँगै भारतले तीन कास्य पदक जितेको छ ।

भारतका लागि पुरुष हकी टोलीले विहीबार विहान मात्र कास्य पदक पक्का गरेको थियो । जर्मनीविरुद्ध भएको तेस्रो स्थानको खेलमा पछि परेपनि उत्कृष्ट पुनरागमनका साथ भारत ५-४ को जित हासिल गर्न सफल रहयो ।

ब्याडमिन्टनमा पीभी सिन्धुले कास्य पदक जितेकी थिइन् । त्यस्तै बक्सिङकी लभ्लिना बोर्गोहाइनले पनि सेमिफाइनलमा पराजित भएपछि कास्यमा चित्त बुझाएकी थिइन् । समग्रमा चीन ३३ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिकाको २८ स्वर्ण रहेको छ । आयोजक जापान २१ स्वर्णसहित तेस्रो स्थानमा छ ।

March 15, 2025

क्षितीज फ्रिस्टाइल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.