4 years ago
August 4, 2021
एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ आजबाट सुरु हुँदै छ । इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेलसँगै दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनसिप सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा इंग्ल्यान्डको ट्रेन्ट ब्रिज स्टेडियम नोटिङ्घममा सुरु हुने छ ।
दुबै टोली सिरिजमा सानदार विजयी सुरुवात गर्न चाहन्छन् । भारत विराट कोहली र इंग्ल्यान्ड जो रुटको कप्तानीमा मैदान उत्रने छन् । यी दुबै टोलीका प्रमुख हतियार हुन् । इंग्ल्यान्ड घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै सहज जित निकाल्न चाहन्छ । भारत १४ वर्षपछि इंग्ल्यान्डलाई घरेलु मैदानमा स्तब्ध पार्दै टेस्ट सिरिज जित्न चाहन्छ । भारतले पछिल्लो पटक २००७ मा राहुल द्रविडको कप्तानी तीन टेस्ट सिरिज १–० ले जितेको थियो । त्यसयता इंग्ल्यान्डको भूमिमा भारतले टेस्ट सिरिज जितेको छैन ।
युवा ओपनर सुमभन गिल सिरिजबाट बाहिर भई सकेका छन् । मयंक अग्रवाल ककन्सनको कारण पहिलो टेस्टमा उपलब्ध हुने छैनन् । भारतको ओपनिङ लोकेश राहुल र रोहित शर्माले गर्ने सम्भावना छ । मध्यक्रममा विराट कोहली, चेतेश्वर पुजारा र अजिक्या रहाणे छन् । पुजारा र कोहलीको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । पछिल्लो समय यी दुबै ब्याट्सम्यानको प्रदर्शन अपेक्षा अनुसार छैन । दुबै खेलाडीलाई ठूलो इनिङको दबाब छ ।
तल्लोक्रममा विकेटकिपर ऋषभ पन्त, रविचन्द्रन आश्विन र रविन्द्र जडेजा छन् । जडेजा र आश्विन प्रमुख स्पिनर पनि हुन् । तीन तीव्र गतिका बलरमा मोहम्मद शामी, जस्प्रित बुमराह र ईशान्त शर्मा सम्भावना छ ।
यता इंग्ल्यान्डको टोलीमा प्रमुख अलराउन्डर बेन स्टोक्स टोलीमा छैनन् । स्टोक्सले आफू मानसिक रुपमा तयार हुन अनिश्चित विश्राम लिएका छन् । ओपनिङ रोरी बन्र्स र हसिब हमिदले गर्ने सम्भावना छ । हमिद २०१६ पछि टोलीमा फर्किदै छन् । भारतीय मुलका हमिदले भारतविरुद्ध अभ्यास खेलमा काउन्टी सेलेक्ट ११ बाट शतक प्रहार गरेका छन् ।
पछिल्ला केहि सिरिजहरुमा इंग्ल्यान्डलाई मध्यक्रम ब्याटिङ धेरै चिन्ताको विषय बनेको छ । कप्तान जो रुटमा बढी निर्भर छ । रुट टोलीका प्रमुख ब्याट्सम्यान हुन् । उनलाई रोक्न कठिन पर्छ । ज्याक क्रली र रुटले तेस्रो र चौथो नम्बर ब्याटिङ सम्हाल्ने छन् । युवा ब्याट्सम्यान ओली पोप चोटका कारण पहिलो खेल नखेल्ने सम्भावना छ । पोप उपलब्ध नभएमा जोनी बेयरस्टो खेल्ने सम्भावना छ । ड्यानियल लरेन्स र विकेटकिपर जस बटलरले तल्लोक्रम सम्हाल्ने छन् ।
युवा अलराउन्डर साम करन नायक बन्न सक्छन् । २०१८ मा घरेलु मैदानमा पाँच टेस्ट सिरिज ४–१ ले जिताउन करन प्लेयर अफ द सिरिज चुनिएका थिए । तीव्र गतिको बलिङ आक्रमणमा अनुभवी बलर जेम्स एन्डरसन, स्टुअर्ट ब्रोर्ड, मार्कवुड र ओली रोबिन्सनको सम्भावना छ । ट्रेन्ट ब्रिज तीव्र गतिका बलर बढी सहयोगी हुँदा इंग्ल्यान्ड स्पिनर बिनानै मैदान उत्रने सम्भावना छ ।
हेड टु हेड :
भारत र इंग्ल्यान्डबीच कुल १ सय २६ टेस्ट खेल भएका छन् । जसमा इंग्ल्यान्ड ४८ खेलमा विजयी हुँदा २९ खेलमा पराजित भएको छ । ४९ खेल बराबरीमा सकिएका छन् । घरेलु मैदानमा यसै वर्ष सुरुवातमा भारतले चार टेस्ट सिरिज ३–१ ले जित्दै टेस्ट च्याम्पियनसिप फाइनलमा स्थान बनाएको थियो ।
के हो टेस्ट च्याम्पियनसिप ?
आइसिसीका शीर्ष नौं राष्ट्रबीच दुई वर्ष चल्ने च्याम्पियनसिपमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । टेस्ट टोली जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड यस च्याम्पियनसिपमा सहभागी हुने छैनन् । टेस्ट च्याम्पियनसिपको जितको एक खेल जितको अंक १२ मिल्ने छ । बराबरीमा सकिएमा छ र ड्र भएमा चार अंक मिल्ने छ । एक टोलीले कुल छ टेस्ट सिरिज खेल खेल्ने छन् । जुन तीन होम र तीन अवे हुने छन् ।
सर्वाधिक धेरै इंग्ल्यान्डले २२, भारतले १९ र अष्ट्रेलियाले १८ खेल खेल्ने छन् । न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंकाले कुल १३–१३ खेल खेल्ने छन् । सबैभन्दा कम बंगलादेशले १२ खेल खेल्ने छ । बंगलादेशले सबै टोलीसँग समान दुई दुई टेस्ट सिरिज मात्र खेल्ने छ । दक्षिण अफ्रिकाले १५ खेल खेल्ने छ । टेस्ट च्याम्पियनसिप दोस्रो संस्करण २०२१ अगष्ट देखि २०२३ जुन सम्म चल्ने छ । शीर्ष दुई टोली फाइनलमा उपाधिको लागि भिड्ने छन् ।
यसअघि दुई वर्ष सम्म चलेको च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो हुँदै फाइनलमा प्रतिस्पर्धा गरेका थिए । न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै ऐतिहासिक उपाधि जितेको थियो ।
भारतको टोली : रोहित शर्मा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद शिराज, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह, अभिमन्यु ईश्वरन, पृथ्वी शा र सूर्यकुमार यादव ।
इंग्ल्यान्डको टोली (सुरुवाती दुई खेल ) : जो रुट (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बन्र्स, जस बटलर, ज्याक क्रली, साम करन, हसिब अहमद, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ले, क्रेग ओभरटन र मार्क वुड ।
पाँच टेस्ट सिरिज
पहिलो टेस्ट : ४ देखि ८ अगष्ट, नोटिंघम
दोस्रो टेस्ट : १२ देखि १६ अगष्ट, लर्ड्स
तेस्रो टेस्ट : २५ देखि २९ अगष्ट, लिड्स
चौथो टेस्ट : २ देखि ६ सेप्टेम्बर, लन्ड्न
पाँचौ टेस्ट : १० देखि १४ सेप्टेम्बर, म्यानचेष्टर
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]