default_image

4 years ago

August 1, 2021

हाइ जम्पमा दुई जनालाई स्वर्ण पदक

158 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ हाइ जम्प इभेन्टमा कतारका मुताज एस्स बर्शिम र इटालीका जियानमारको ताम्बेरी दुवै जनाले स्वर्ण पदक जितेका छन् ।

झन्डै २ घण्टा चलेको प्रतिस्पर्धापछि दुवै खेलाडीले समान २.३७ मिटरको उचाइ पार गरेका थिए । दुवै खेलाडीलाई अर्को एक अवसर दिएर विजेता छिनोफानो गर्ने अवसर दिइएको थियो । तर दुवैले खेलभावनाको कदर गर्दै पदक बाँड्ने निर्णय लिए । दुवैले सँगै जितको खुसी पनि साटेका थिए ।

२.३७ मिटर दुरी पार गरेपछि दुवै जनाले २.३९ मिटरको ओलम्पिक कीर्तिमान बराबरीका लागि प्रयास गरेका थिए । तर तीन प्रयासमा असफल भएपछि पुरानो नतिजामा कुनै असफल नभएका उनीहरुलाई खेलका अफिसियलले अर्को प्रयास गर्ने सहमतिका लागि प्रश्न गरे । उनको प्रश्नमा कतारका बर्शिमले दुवैले जित्न सकिनेबारे प्रतिप्रश्न गरे । अफिसियलले सम्भव भएको बताउन नपाउँदै कतार र इटालीका खेलाडीले एक आपसमा अंकमाल गर्दै पदकको खुसी साटे । सन् १९१२ यता एथलेटिक्समा पदक बाँडिएको पहिलो अवसर हो ।

यसै स्पर्धामा बेलारुसका माक्सिम नेदसेकाउले कास्य जिते । उनले पनि २.३७ मिटर उचाइ पार गरेका थिए । तर उनी त्यसअघि प्रयासमा असफल भएका थिए ।

बर्शिम र ताम्बेरीबीच मैदानबाहिर पनि राम्रो सम्बन्ध रहेको छ । रियो ओलम्पिक दौरान करिअर नै धरापमा पर्ने चोट बोकेका ताम्बेरीले खुसियाली मनाउने क्रममा उक्त चोटका क्रममा राखिएको प्लास्टरसहित तस्बिर खिचेका थिए । बर्शिम पनि चोटबाट पुनरागमन गर्दै स्वर्ण जित्न सफल भएका हुन् ।

बर्शिमको पदकसँगै कतारले ओलम्पिक इतिहासमा दोस्रो स्वर्ण जितेको छ । यसअघि शनिबार भएको भारोत्तोलनको पुरुष ९६ किलो तौल समूहमा फारेस एल्बाखले कतारलाई पहिलो स्वर्ण दिलाएका थिए । बर्शिमले विश्व च्याम्पियनसिपमा पनि लगातार स्वर्ण जितेका थिए ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.