4 years ago
July 29, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ट्रयाप सुटिङमा एलेसान्द्रा पेरिलीले कास्य पदक जितेपछि सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको छ ।
झन्डै ३४ हजार जनसंख्या रहेको सान मारिनोका लागि पेरिलीले विहीबार पहिलो पदक दिलाइन् । उनले २९ स्कोर जोड्दै पदक पक्का गरेकी हुन् । यसअघि सन् २०१२ को लन्डन ओलम्पिकमा चौथो स्थानमा रहँदै पदकबाट बन्चित रहेकी उनी टोकियोमा भने पदक जित्न सफल भइन् ।
विहीबारको प्रतिस्पर्धामा अष्ट्रेलियाकी लेतिषा स्कान्लान अन्तिम प्रहारमा चुकेपछि उनको पदक पक्का भएको थियो । यस स्पर्धामा स्लोभाकियाकी जुजना रेहाक स्तेफेचेकोभाले स्वर्ण तथा अमेरिकाकी कैल ब्राउननिङले रजत जितिन् ।
सान मारिनोले यसपटक ओलम्पिकमा ५ खेलाडीलाई मात्र पठाएको थियो । उनीसँगै सुटिङमा अर्का पुरुष खेलाडी र जुडो, कुस्ती र पौडीमा १-१ खेलाडी रहेका छन् । पेरिलीले अब मिक्स्ड टिम ट्रयापमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि बुधबार मात्र फ्लोरा डफीले ट्रायथलनमा स्वर्ण पदक जित्दा बर्मुडा उक्त सफलता हासिल गर्ने सबैभन्दा सानो देश बनेको थियो । ६३ हजार जनसंख्या भएको बर्मुडाको नाममा पदक जित्ने सबैभन्दा सानो देशको कीर्तिमान पनि थियो । सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कास्य जित्दै उक्त कीर्तिमान राखेका थिए । अब भने सान मारिनोको नाममा उक्त कीर्तिमान रहनेछ ।
बर्मुडालाई स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश बनाउने क्रममा डफीले ट्रायथलनमा ५१ किलोमिटर पार गरेकी थिइन् । यो दुरी जम्मा ४० किलोमिटर लम्बाई रहेको बर्मुडामा एक छेउबाट अर्को छेउसम्म पुग्दा भन्दा लामो दुरी हो ।
हालसम्म ओलम्पिकमा पदक नजित्ने सबैभन्दा ठूलो राष्ट्र भने बंगलादेश रहेको छ । १६ करोड बढी जनसंख्या रहेको बंगलादेशबाट यसपटक ६ जनाले सहभागिता जनाएकोमा तीन जनाको चुनौती समाप्त भइसकेको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]