4 years ago
July 26, 2021
एजेन्सी – जापानकी स्केटबोर्डर मोमीजी निशियाले १३ वर्षको उमेरमा नै ओलम्पिक स्वर्ण जितेकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् ।
१३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्य पदक जितेकी हुन् । ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीमा यो नै सबैभन्दा कम उमेरको पोडीएम बन्यो । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो ।
निशियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । निशियाले ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान भने तोड्न सकिनन् । यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रीङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् । निशियाभन्दा ६३ दिन कम उमेरमा उनले स्प्रिङबोर्डमा स्वर्ण जितेकी थिइन् ।
यो कीर्तिमान भने टोकियो ओलम्पिकमा तोडिने सम्भावना छ । जापानकी कोकोना हिराकी (१२ वर्ष ३ सय ४३ दिन) र बेलायतकी स्काइ ब्राउन (१३ वर्ष २८ दिन) ले बुधबार हुने महिला पार्क स्केटबोर्डीङमा प्रतिस्पर्धा गर्नेछन् । स्केटबोर्डीङले पहिलो पटक ओलम्पिकमा स्थान बनाएकोले पनि यसमा अधिकांश युवा खेलाडीले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]