8 years ago
November 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको माल्दिभियन क्लबलार्ई २५–२२,२५–१७ र २७–२५ को सोझो सेटले हराएको उनीहरुको व्यवस्थापकका रुपमा त्यहाँ पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् । प्रतिभा सो खेलमा वमन अफ दी म्याच समेत घोषित भइन् ।
मालीका अनुसार प्रतिभा र कोपिला टोलीमा सेट हुन अझै बाँकी छ । उनले भनिन्,‘अझै तालमेल मिल्न बाँकी छ । आजको खेलमा पनि एकपछि अर्को सेटमा विस्तारै लय मिलेको थियो । आउने खेलमा अझै सुधार हुनेछ ।’ कोपालका लागि माल्दिभ्समा यो दोस्रो र प्रतिभाका लागि पहिलो अनुभव हो । मालीका अनुसार लिगमा माल्दिभ्सका ५ क्लबको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीबीच पुन समूह विभाजन गरि प्रतिस्पर्धा हुने आयोजकले जनाएको मालीले बताइन् । माल्दिभ्सको अर्को क्लबबाट खेल्नका लागि नेपाली टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुण शाही शुक्रबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।
शनिबार माल्दिभ्स पुग्ने उनीहरु फिस्दा क्लबबाट खेल्ने मालीले बताइन् । मालीका अनुसार त्यहाँको क्लबले दुई विदेशी खेलाडी टोलीमा राख्न पाउनेछ । प्रतिभा र कोपिलाले क्लबबाट कम्तीमा १ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।‘खेले वापत हजार डलर पाउनेछन्,’ मालीले भनिन्,‘टोलीले राम्रो स्थान ल्याएको खण्डमा बोनस रकम पनि थपिदिने क्लबले हामीलाई जानकारी गराएको छ । पहिलो पटक कोपिला र निमा श्रेष्ठ विदेशी क्लबबाट व्यवसायिक भलिबल खेलेका थिए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]