4 years ago
July 24, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोका नओहिसा ताकातोले आयोजक जापानका लागि यस संस्करणको पहिलो स्वर्ण जितेका छन् । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
ताकातोले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका हुन् । गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए । फ्रान्सका लुका खेइद्जे र कोसोभोका येल्दोस स्मेतोभले कास्यमा चित्त बुझाए ।
यसअघि जुडो अन्तर्गत नै महिला ४८ केजी तौल समूहको फाइनलमा जापानकी फुना तोनाकी कोसोभोकी दिस्त्रिया क्रास्निकीसँग पराजित भएकी थिइन् । यस स्पर्धामा मंगोलियाकी उरान्त्सेत्सेग मुन्ख्बात र युक्रेनकी दारिया बिलोदिदले कास्य जिते । नेपालकी सोनिया भट्ट यसै स्पर्धाको पहिलो खेलमा रुसकी इरिना दोल्गोभासँग हारेकी थिइन् ।
आज नै भएको साइक्लिङतर्फ रोड रेसमा इक्वेडरका रिचार्ड कारापजले स्वर्ण पदक जितेका छन् । उनले ६ घण्टा ५ मिनेट २६ सेकेन्डमा २ सय ३४ किलोमिटरको दुरी पूरा गरेका हुन् । उक्त स्पर्धामा बेल्जियमका वुट भान एर्टले रजत (६ घण्टा ६ मिनेट ३३ सेकेन्ड) तथा स्लोभेनियाका तादेज पोगाकारले कास्य पदक जिते ।
त्यस्तै ओलम्पिकमा पहिलो पटक समावेश भएको आर्चरीको मिक्स्ड टिम इभेन्टमा दक्षिण कोरियाले स्वर्ण पदक जित्यो । कोरियाका जे डोक किम र सा आनले देशका लागि जारी ओलम्पिकमा पहिलो स्वर्ण दिलाउने क्रममा नेदरल्यान्ड्सलाई पराजित गरेका थिए । मेक्सिकोले कास्य पदक जित्यो ।
सुटिङको पुरुष १० मिटर यार पिस्तोलमा इरानका जाभाद फोरौघीले स्वर्ण जिते । ओलम्पिक फाइनलको नयाँ कीर्तिमान कायम गर्ने क्रममा उनले २ सय ४४.८ स्कोर जोडे । सर्बियाका दामिर मिकेचले २ सय ३७.९ स्कोरसहित रजत र चीनका वेइ पाङले २ सय १७.६ स्कोरसहित कास्य जिते ।
भारोत्तोलनमा चीनकि झिहुइ होउले महिला ४९ केजी तौल समूहमा नयाँ ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । क्लिन एन्ड जर्कमा १ सय १६ केजी र स्न्याचमा ९४ केजीसहित उनले कुल २ सय १० केजी उठाउँदै तीन कीर्तिमानसहित स्वर्ण जितिन् । भारतकी मिराबाइ चानु साइखोमले रजत तथा इन्डोनेसियाकी विन्डी ऐसाले कास्य जितिन् । भारतको लागि जारी ओलम्पिकमा यो पहिलो पदक हो ।
यसअघि शनिबार विहान टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको थियो । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् ।
याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ स्कोर जोडिन् । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।
अन्तिम प्रहारमा अनास्तासियाले ८.९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित भइन् । याङले पनि अन्तिममा जम्मा ९.८ को स्कोर जोडेकी थिइन् । अन्तिम प्रहारअघि अनास्तासिया नै अग्रतामा थिइन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०.६ स्कोरसहित कास्य पदक जितिन् ।
यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियारले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । विस्तृत पढ्नुहोस : ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान
हालसम्म चीनले २ स्वर्ण जित्दा जापान, इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभोले १-१ स्वर्ण जितेका छन् । २० राष्ट्रले पदकको खाता खोलेका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]