4 years ago
July 24, 2021
एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् ।
याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ स्कोर जोडिन् । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।
अन्तिम प्रहारमा अनास्तासियाले ८.९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित भइन् । याङले पनि अन्तिममा जम्मा ९.८ को स्कोर जोडेकी थिइन् । अन्तिम प्रहारअघि अनास्तासिया नै अग्रतामा थिइन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०.६ स्कोरसहित कास्य पदक जितिन् ।
यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियारले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । विस्तृत पढ्नुहोस : ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]