default_image

4 years ago

July 22, 2021

सोनियाले रसियाकी इरिनासँग खेल्ने

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् । सोनियाले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् ।

विहीबार भएको खेल तालिका सार्वजनिक समारोहमा ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन । अर्थात ओलम्पिकमा रुसको राष्ट्रिय झन्डा र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डा मुनि प्रतिस्पर्धा गर्नेछन् ।

सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् । इरिनाले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।

सोनिया र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केहि दिन अघि नै टोकियो पुगिसकेका छन् । सोनियाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । उनले जुनियर विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

खेल तालिका:

यो पनि : टोकियो ओलम्पिक : नेपाली खेलाडी खेल्ने सम्पूर्ण विवरण

March 14, 2025

विवादित एनओसीद्वारा सरकारको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.