4 years ago
July 21, 2021
एजेन्सी – अष्ट्रेलियाको ब्रिसबेनले सन् २०३२ मा हुने ओलम्पिक तथा प्यारालिम्पिक खेल आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको बुधबार बसेको बैठकले ब्रिसबेनको नामलाई स्वीकृति दिएको हो ।
अष्ट्रेलियाले ओलम्पिक आयोजना गर्न लागेको यो तेस्रो अवसर हो । यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । सन् २०२४ को ओलम्पिक पेरिसले तथा सन् २०२८ मा अमेरिकाको लास एन्जेलसले आयोजना गर्ने यसअघि नै पक्का भइसकेको छ ।
‘यो ब्रिसेबन र क्विन्सल्यान्ड मात्र नभएर समग्र देशको लागि नै ऐतिहासिक दिन हो,’ अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘ ओलम्पिक आयोजना गर्ने अवसर विश्वका ठूला सहरले मात्र पाउँछन् । यसले पनि ब्रिसेबन सहरको चिनारी विश्वमाझ पुग्नेछ ।’
ब्रिसबेनले ८४ प्रतिशत खेल स्थल अहिले नै उपलब्ध र अस्थायी संरचना प्रयोग गर्नेछ । मुख्य खेलस्थलको रुपमा गाबा क्रिकेट रंगशालालाई पुनर्निर्माण गरिनेछ । ओलम्पिक आयोजना गर्न इन्डोनेसिया, चीन, कतारको दोहा, हंगेरीको बुडापेस्ट र जर्मनीको रूह्र क्षेत्रले पनि दावी गरेका थिए । १५ सदस्यीय आइओसी कार्यसमितिले जुन महिनामा नै ब्रिसबेनको नाम प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]