4 years ago
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।
एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह बी मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।
सुरुवातमा १७ टोली सहभागी हुने भनेपनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम रहेको छैन । कोरोना संक्रमणका कारण नै यी देशहरु सहभागी नभएको बुझिएको छ ।
नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो । केहि साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो । टोलीले झन्डै एक महिना प्रशिक्षण गरेपछि सहभागिता नहुने भएको हो ।
च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिव १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको थियो । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफै पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागेको थियो ।
एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौ आरबिबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।
बन्द प्रशिक्षणमा डाकिएका मध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभुत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा थिए भने व्यवस्थापक निरोज मास्केले भने पदबाट राजिनामा दिइसकेकी थिइन् ।
नेपाल पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा थियो । यसअघि अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्यान्डले नाम फिर्ता लिएका थिए ।
यो पनि : नेपालले एसियन च्याम्पियनसिप खेल्न नपाउनुको कारण कोरोना
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]