default_image

4 years ago

July 18, 2021

कल्पनाको ओलम्पिक निशाना

263 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार ।

नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु भनेर सेनामा भर्ती भएको त होइन । देशको सेवा गर्छु, जनताको सेवा गर्छु । परेको खण्डमा लडाईमा उत्रन्छु भनेर सेनामा भर्ना भएकी हुँ,’ उनले हाँस्दै भनिन्, ‘सेना भित्र फाएरिङमा ५ जनामा प्रथम भएपछि मेरो यात्रा सुटिङ खेलतर्फ मोडिएको थियो ।’

त्यसरी सुटिङ खेलाडीका रुपमा प्रवेश गरेपछिको सात वर्षमा उनी विश्वकै सबैभन्दा ठूलो खेल मेला ओलम्पिकमा भाग लिने तयारीमा छिन् । वाइल्ड कार्डबाट उनको यसपटकको टोकियो ओलम्पिक २०२० को यात्रा तय भएको थियो । ‘मेरो लागि यो ठूलो कुरा हो । खेलाडी भएपछि ओलम्पिक खेल्ने हरेकको सपना हुन्छ । मैले पनि त्यो सपना देख्न थालेकी थिएँ,’ कल्पनाले भनिन्, ‘अब त्यो सपना पूरा हुन लाग्दैछ । पूरा हुन्छ होला ।’

व्यक्तिगत रुपमा ओलम्पिक खेल्नु उपलब्धि त हुँदै हो त्योसँगै आफूसँग जोडिएका संस्था र देशका लागि गर्वको विषय बनेको कल्पनाको बुझाई छ । ‘म आबद्ध संस्था सेना, नेपाल सुटिङ संघ, नेपाल ओलम्पिक कमिटी (एनओसी) सबैका लागि यो खुसीको विषय हो’, कल्पना भन्छिन्, ‘सबैले मलाई अवसर दिलाउनका लागि आ आफ्नो ठाँउबाट प्रयास गर्नुभयो । त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

ओलम्पिकमा छनोट चरण पार गर्न असमर्थ हुने देशका लागि अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आईओसी) ले युनिभर्सियालिटी प्लेस र वाइल्ड कार्डको व्यवस्था गरेको हुन्छ । जसले ओलम्पिकका सबै देशको प्रतिनिधित्वको सुनिश्चित गरेको हुन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी गौरिका सिंह र पौडीकै एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले युनिभर्सियालिटी प्लेसबाट टोकियो ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

कल्पना र जुडोकी सोनिया भट्टले भने वाइल्ड कार्डका माध्यमबाट ओलम्पिकमा भाग लिने अवसर पाएका हुन् । सरस्वतीले भने ओलम्पिकमा भाग लिने दुई साता अघि मात्र पक्का भएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट ओलम्पिकका लागि छनोट भएपनि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले दिएको समय सिमा भित्र नेपाल एथलेटिक्स संघ र एनओसीले गोपी चन्द्र पार्कीको नाम दर्ता नगराएपछि अन्तिम समयमा उनी ओलम्पिक खेल्नबाट बञ्चित भएका थिए ।

तर, एनओसी, संघ र राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले संयुक्त विज्ञप्ती जारी गर्दै म्याराथनमा आवेदन धेरै परेकाले एथलेटिक्स महासंघको प्राविधिकि समितिले १०० मिटर दौडमा महिला खेलाडीको नाम पठाउन भनेको जनाएको थियो । त्यसैका आधारमा सरस्वतीका नाम पठाइएको तीनवटा निकायले दाबी गरेका थिए । गौरिका र एलेक्स केहि अघि नै जापान पुगेर अभ्यासमा जुटिसकेका छन् ।

ओलम्पिक छात्रवृत्तिमा लामो समयदेखि प्रशिक्षणमा रहेपनि कल्पनालाई वाइल्ड कार्ड आँउछ नै भन्ने विश्वास थिएन । विश्वास होस् पनि कसरी एनओसीले विभिन्न खेलका १२ खेलाडीको नाम सिफारिस गरेको थियो । त्यसमा क कसले पाउँछ भन्ने टुंगो थिएन । अन्त्यमा कल्पना र सोनिया भाग्यशाली रहे ।

‘आफ्नोतर्फबाट प्रशिक्षणमा सक्दो राम्रो गर्ने भन्ने हिसाबले जुटेको थिए । वाइल्ड कार्ड आउँछ भन्ने पक्का थिएन’, उनले भनिन्, ‘एनओसी, संघले मेरै लागि भनेर यति पहल गर्नुभयो । वाइल्ड कार्ड आयो । त्यसपछि प्रशिक्षण गर्न झनै जोश जागर बढेको छ । उहाँहरुको पनि सपना पूरा गर्नुछ । सक्दो राम्रो गरेर फर्कन्छु ।’

ओलम्पिक खेल्ने भएपछि सबै तिरबाट बधाई आएको स्मरण गर्दै उनले थपिन्, ‘म त यसै खुसी हुने नै भए । तर जतिले मलाई चिन्नुहुन्छ । सबैबाट सकारात्मक संदेश र बधाई दिनुभएको छ । परिवार , मरो प्रशिक्षक सबै सुखी हुनुहुन्छ । उहाँहरु सबैलाई खुसी देख्दा मलाई झन बढी खुसी लागेको छ ।’

सुरुमा खेलाडी बन्छु भन्ने सोच्दा पनि नसोचेकी कल्पनालाई अहिले भने आफू सुटिङकै लागि बनेको झै लाग्छ । ‘सेनाको सुटिङमा पहिलो भएपछि त्यहिबाट सबैको सल्लाहमा म यो खेलमा आएकी हुँ । सायद अरु खेलमा भए मलाई गाह्रो हुन्थ्यो होला,’ प्राय हारेर बोल्ने बानी परेकी कल्पना भन्छिन्, ‘सेना र यहाँको फाइरिङ अलि फरक त छ । तर जिन्दगी नै फाइरिङमा बित्छ भन्ने थाहा थिएन । अहिले हेर्दा लाग्छ म त सुटिङकै लागि बनेकी हु की ?’

कल्पनाको ओलम्पिक यात्रा त तय भयो । तर उनी यस खेलमा उचित ध्यान दिने हो भने अन्तर्राष्ट्रिय स्तरमा नै राम्रो सम्भावना रहेको बताउँछिन् । ‘ अहिले हामीले जुन प्रशिक्षण पाएका छौं । त्यसलाई निरन्तरता दिने हो भने हामीले अझै सफलता हासिल गर्न सक्छौं,’ उनले उत्साहित हुँदै बताइन्, ‘हामीसँग १३ औं सागपछि राम्रो पूर्वाधार छ । यसलाई उचित रुपमा प्रयोग गरेर नियमित प्रशिक्षण गर्ने हो भने धेरै राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ । आशा गरौं यस्तै प्रशिक्षण अन्य खेलाडीले पनि पाउनेछन् ।’

कल्पनाका प्रशिक्षक अशिम यादवले कल्पनाको तयारी सन्तोषजनक रहेको बताए । उनले कल्पनाको प्रदर्शन बीचमा केहि प्रदर्शन केहि खस्के जस्तो भएपनि अहिले विस्तारै सुधार भइरहेको जनाउँदै भने, ‘कोभिडका कारण यसपटक विगतमा भन्दा अलि फरक हुन्छ होला । त्यसलाई पनि ध्यानमा राख्दै सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’

सुटिङ खेलाडीले शारीरिक मात्र होइन मानसिक रुपमा पनि आफूलाई तयार पार्नुपर्ने बताए प्रशिक्षक यादव बताउँछन् । उनले थपे, हरेक खेलका लागि त्यो जरुरी छ, सुटिङमा त मानसिक रुपमा पनि उत्तिकै तयार हुनुपर्दछ ।

कल्पनाले वाइल्ड कार्ड पाउनुको आधार

सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर (एमक्युएस) ल्याएको हुनुपर्दछ। १० मिटर १० मिटर एयर राइफलको लागि महासंघले ५९० एमक्यूएस राखिएको थियो। कतारको दोहामा सन् २०१९ को नोम्बेरमा भएको एसियाली सुटिङ च्याम्पियनसिपमा कल्पनाले ६१३.९ स्कोर गरेकी थिइन्। त्यहि प्रदर्शनले उनको ओलम्पिकको ढोका खोलेको थियो । सुटिङमा १२ पुरुष र १२ महिला गरी २४ वटा वाइल्ड कार्डको कोटा राखिएको थियो । भाग्यमानी १२ भित्र कल्पनाको नाम अट्यो ।

कल्पनाको प्रशिक्षण यसरी हुँदैछ :

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.