4 years ago
July 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसिया भलिबल संघको कोषाध्यक्ष नियुक्त भएका छन् ।
सेन्ट्रल जोनका सदस्य राष्ट्रहरुको संयुक्त निर्णय अनुसार चन्दलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरिएको संघले शनिबार पत्रमार्फत चन्दलाई जानकारी दिएको हो । नेपाल भलिबल संघमा विगत ९ वर्षदेखि महासचिव पदमा रहँदै आएका चन्दले नेपाली भलिबलसँगै सेन्ट्रल एसियाको भलिबलमा गरेको योगदानको कदर गर्दै जिम्मेवारी दिइएको हो ।
चन्दले यो उपलब्धि आफ्नो व्यक्तिगत नभएर समग्र नेपाल भलिबल क्षेत्रले आफ्नो योगदानको कदर भएको बताए । ‘नेपाली भलिबलले गरेको मिहिनेतको कदरको रुपमा यसलाई लिएको छु । हामीले सेन्ट्रल जोन पुरुष भलिबलको आयोजना, यस क्षेत्रमा महिला भलिबलको गतिविधिमा जोड दिने तथा सेन्ट्रल एसियामा स्फुर्त रुपमा लागेका थियौं । त्यसमा हाम्रो सहभागिता देखेर नै यो जिम्मेवारी पाएको छु,’ चन्दले भने, ‘आउने दिनमा अझ राम्रो कार्य गरेर यसको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’
नेपालले सन् २०१९ अगस्टमा पुरुषको सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेको थियो । त्यसबेला सेन्ट्रल जोनको कार्यसमिति बैठक समेत आयोजना गरेको थियो । त्यस्तै बंगलादेशमा भएको महिला सेन्ट्रल जोनमा नेपालले उपाधि जितेको थियो । सेन्ट्रल जोन भलिबलमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, इरान, कजाकस्तान, किर्गिस्तान, माल्दिभ्स, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान सदस्य राष्ट्रका रुपमा रहेका छन् ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]